Kathmandu Press

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १२ : नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १३३ महिला र २०६ जना पुरुष रहेका छन्।४...
थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ १२ : नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १३३ महिला र २०६ जना पुरुष रहेका छन्।

४ हजार ५४८ जनामा गरिएको परीक्षणमा देशभर थप ३३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। 

त्यस्तै, यो अवधिमा ४०१ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। 

मन्त्रालयका अनुसार निको हुने दर ९८.१ प्रतिशत रहेको छ।
 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्