Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालको संघर्षका कार्यक्रम घोषणा 

काठमाडौं, माघ १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ  । नेकपा दाहाल–नेपाल समूहले...
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालको संघर्षका कार्यक्रम घोषणा 

काठमाडौं, माघ १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ  । नेकपा दाहाल–नेपाल समूहले माघ १३ देखि माघ २८ गतेसम्म प्रतिनिधिसभा विघटनविरुद्ध विविध कार्यक्रम गर्ने घोषणा गरेको हो ।

नेकपा नेतृ पम्फा भुसालले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष र विरोध कार्यक्रम जारी रहने बताइन् । उनले भनिन्, ‘२०७७ माघ १३ गते सिठी जुलुस गर्नेछौँ ।’

त्यस्तै माघ १४–२१ गतेसम्म माइतघर मण्डलामा धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ  ।  भुसालका अनुसार  १६ माघमा शहीद दिवसका अवसरमा शान्तिवाटिकामा जुलुससहित श्रद्धाञ्जली कार्यक्रम गर्ने घोषणा भएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत माघ १५ गते बुटवल, १६ गते विराटनगर  र १७ गते धनगढीमा बृहत् जनसभा गर्ने घोषणा गरेको छ । त्यस्तै,  प्रदेशका राजधानीमा विभिन्न कार्यक्रम गर्ने भएको छ । 

भुसालले भनिन्, ‘काठमाडौंमा माघ २२ गते बृहत् युवा जुलुस गर्नेछौं । माघ २६ मा देशव्यापी मसाल जुलुस गर्ने निर्णय गरेका छौँ ।’

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्