Kathmandu Press

बालुवाटारबाट कृष्ण पहाडीसहित २६ अधिकारकर्मी पक्राउ

काठमाडौं, माघ १२ : बालुवाटारमा प्रदर्शन गर्दा अधिकारकर्मी कृष्ण पहाडीसहित २६ अधिकारीकर्म पक्राउ परेका छन्।संसद् विघटनको विरोधमा शान्ति समाजको अगुवाइमा प्रधानमन्त्री निवास बालुवाटार...
बालुवाटारबाट कृष्ण पहाडीसहित २६ अधिकारकर्मी पक्राउ

काठमाडौं, माघ १२ : बालुवाटारमा प्रदर्शन गर्दा अधिकारकर्मी कृष्ण पहाडीसहित २६ अधिकारीकर्म पक्राउ परेका छन्।

संसद् विघटनको विरोधमा शान्ति समाजको अगुवाइमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो। प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारीकर्मी पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जनाएको छ। उनीहरुले नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। त्यसको शान्ति समाजले विरोध गर्दै आएको छ।

संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्न अभिव्यक्ति दिएको जनाउँदै शान्ति समाजले आज प्रदर्शन गरेको हो।

 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्