प्रचण्ड - नेपाल समूहले तेस्रो चरणको बृहत आन्दोलन गर्ने
काठमाडौं, माघ १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड - नेपाल समूहले काठमाडौंमा पुन शक्ति प्रदर्शन गर्ने भएको छ।सोमबार पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, माघ १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड - नेपाल समूहले काठमाडौंमा पुन शक्ति प्रदर्शन गर्ने भएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो।
आन्दोलन माघ १३ देखि २८ गतेसम्म गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
संघर्ष समितिको अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शनलगायतका कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











