संसद् विघटनविरुद्ध आज बालुवाटारसम्म मार्च
काठमाडौं, माघ १२ : प्रतिनिधिसभा विघटनको विरोधमा आज प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्च गरिने भएको छ।बृहत नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंको कमलपोखरीदेखि बालुवाटारसम्म मार्च गर्न...
काठमाडौं, माघ १२ : प्रतिनिधिसभा विघटनको विरोधमा आज प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्च गरिने भएको छ।
बृहत नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंको कमलपोखरीदेखि बालुवाटारसम्म मार्च गर्न लागिएको हो। बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगनमन भनेको छ।
प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध बृहत नागरिक आन्दोलन सुरु गरिएको हो। संसद् विघटनको विरोधमा प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले आज बालुवाटारसम्म मार्च गर्न लागेको हो।
आज दिउसो १२ बजे कमलपोखरीमा भेला भएर मार्च सुरु हुनेछ। कमलपोखरीबाट सुरु भएको मार्च दिउसो २ बजे बालुवाटार पुगेर विरोध सभामा परिणत हुने जनाएको छ।
संसद् विघटनविरुद्धको मार्चमा सहभागी हुने बृहत नागरिक आन्दोलनले आह्वान गरेको छ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। यसको विरोधमा राजनीतिक दल र नागरिक स्तरमा पनि विरोध हुँदै आएको छ।











