Kathmandu Press

प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने 

काठमाडौं, माघ १२ : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका छन् ।लुम्बिनी प्रदेशको स्थायी...
प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने 

काठमाडौं, माघ १२ : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लागेका हुन् । पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।

गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो । झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्ब रुपैयाँ लागतमा बनेको हो । 
 

प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्