Kathmandu Press

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

काठमाडौं, माघ १२ : चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो । चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्‍याएको विभागले जनाएको छ ।

Hardik ivf

प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ । डिसेम्बरमा चीनले १३.७ अर्ब घन मिटरबाट १८.७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो ।

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढी हो ।

प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्