पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली

काठमाडौं, माघ १२ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका प्रदेश न.१, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: ०७:११ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











