Kathmandu Press

नेकपाका दुवै समूहको आधिकारिकता दाबी वैध नभएको निर्वाचन आयोगको ठहर

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र दाहाल-नेपाल दुबै समूहले गरेको फरक फरक निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ।
नेकपाका दुवै समूहको आधिकारिकता दाबी वैध नभएको निर्वाचन आयोगको ठहर

काठमाडौं, माघ ११ : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र दाहाल-नेपाल दुबै समूहले गरेको फरक फरक निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ। 

आयोगको आइतबार बसेको बैठकले दुबैको दाबीको प्रमाण नपुगेको ठहर गर्दै कुनैलाई पनि आधिकारीकता नदिने निष्कर्ष निकालेको हो । ‘नेकपाका प्रचण्ड-नेपाल र ओलीजी दुवै समहले गरेको निर्णय प्रमाण नपुगेकाले मान्यता नदिने निर्णय भएको हो’ आयोगका एक आयुक्तले भने,  ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत छैन।’

प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाकारी निर्वाचन आयोगमा पेश गरेको थियो। 

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो । उक्त समयभित्र पनि प्रमाण सहित दुवै समुहको आधिकारीकता दावी पुष्टि नभएको भन्दै आयोगले दुवैको आधिकारीकता बैध नभएको ठहर गरेको हो। 

प्रकाशित मिति: २१:५३ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्