Kathmandu Press

प्रधानमन्त्रीले कानुन व्यवसायमाथि निर्लज्ज प्रहार गरे : नेवाए पूर्वअध्यक्षहरु

‘आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमाने गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले कानुन व्यवसायमाथि निर्लज्ज प्रहार गरे : नेवाए पूर्वअध्यक्षहरु

काठमाडौं, माघ ११ :  नेपाल वार एसोसिएसनका चार पूर्वअध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्वचन बोलेर कानुन व्यवसायमाथि निर्लज्ज प्रहार गरेको बताएका छन् ।  नेवाए पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरेर  प्रम ओलीले नेवाएका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेर समस्त कानुन व्यवसायमाथि निर्लज्ज प्रहार गरेको बताएका हुन् ।   

‘प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन गर्न नसकिने भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ । 

‘आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमाने गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नेवाएका पूर्वअध्यक्षहरुले  यस किसिमको निर्लज्ज प्रहार राजतन्त्रकालमा समेत नभएको दाबी गरेका छन् । उनीहरुले प्रमलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरेबापत जवाफदेशी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रकाशित मिति: १५:२३ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्