Kathmandu Press

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता कायम गर्न संसद विघटन गरेको बताएका छन्। आइतबार राजधानीमा अपाङगता भएका व्यक्तिहरुसँगको अन्तक्रिया कार्यक्रमलाई...
प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता कायम गर्न संसद विघटन गरेको बताएका छन्। 

आइतबार राजधानीमा अपाङगता भएका व्यक्तिहरुसँगको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका हुन्।

उनले भने, ‘प्रतिनिधीसभा विघटना असम्वैधानिक भयो, अलोकतान्त्रीक भयो भन्नेहरु संविधानविरोधी हुन्, जनविरोधी हुन्, देशमा अस्तव्यवस्था खडा गर्ने, स्थीरता हुन नदिने स्थायीत्व हुन नदिने र बहुमतको सरकार तोडेर जोडजाम सरकार बनाएर स्थीरताको नाटक गर्ने संसदमा रहजु उचित छैन।’

उनले सांसद भनेको जागिर नभएको भन्दै प्रश्न समेत गरेका छन्। ‘सांसद भएर पाँचै वर्षको जागिर खान पाउनुपर्छ भन्नेहरु, संसद भनेको जागिर हो?  संसद भनेको जागर होइन, जनताको सेवा गर्न पर्ने ठाउँमा अरुद्वारा निर्देशित हुनुपर्ने भएपछि स्थीरतालाएई भत्काएर अस्थीरतातर्फ मुलुकलाई धकेलेपछि स्थीरताको लागि ताजा जनादेशमा जानु आवश्यकता हो।’

साथै, उनले आफू तानासही नभएको बताउँदै जनतालई सबैका कामको मूल्याङकन गर्ने जिम्मा समेत दिएका छन्। ‘सांसदको मूल्यांकन जनताले गर्नुपर्ने हुन्छ, म तानासाही होइन, जिम्ममा जनतालाई दिएको छु। मेरो काम पनि जनताले मूल्याङकन गर्नुस, अरुको काम पनि मूल्याङकन गर्नुस।’

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्