Kathmandu Press

बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौं, माघ ११ : भारतद्वारा अनुदानमा प्राप्त कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते (बुधबार) देखि लगाइने भएको छ।आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा...
बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौं, माघ ११ : भारतद्वारा अनुदानमा प्राप्त कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते (बुधबार) देखि लगाइने भएको छ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजेदेखि खोप अभियान सुरु गरिने जानकारी दिए। 

प्धानमन्त्री केपी शर्मा अनेलीले अभियानको उद्घाटन गर्ने बताउँदै उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका मानिसलाई खोप दिइने बताए।

भारत सरकारले १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्