एमबीबीएसको शुल्क बढाउने चिकित्सा शिक्षा आयोगकाे सिफारिसप्रति डा. केसीकाे आपत्ति
काठमाडाैं, माघ ११ : चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन सिफारिस गरेको प्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्। उनले उक्त सिफारिस तत्काल...
काठमाडाैं, माघ ११ : चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन सिफारिस गरेको प्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्। उनले उक्त सिफारिस तत्काल खारेज गरी गतवर्ष सरह वा सोभन्दा कम कायम गर्न सम्किन्धित निकायको ध्यानआकर्षण गराएका हुन्।
‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर-नाफामुलक हुनुपर्नेछ। त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो। त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो। त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ डा केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ।
आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो।











