राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै संवैधानिक इजलासमा निवेदन
काठमाडौं, माघ ११ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन परेको छ।आइतबार राजपत्रमा छापिएको सूचनाको आधिकारिकता...
काठमाडौं, माघ ११ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन परेको छ।
आइतबार राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न नेकपाका नेताहरुले सर्वोच्चमा निवेदन दिएका हुन्।
नेकपाका प्रचण्ड–नेपाल समूहका नेता कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएको थिएन।
बिहीबार बसेको संवैधानिक इजालसको बहसमा राष्टिपतिले गरेको संसद विघटन राजपत्रमा छापिएको छ की छैन भन्ने प्रश्न उठेपछि मात्र राजपत्रमा प्रकाशित गरिएको उनीहरुको आरोप छ।
शुक्रबार मात्रै इजालसमा राजपत्रको सूचना पेस भएको थियो ।
प्रकाशित मिति: १२:४७ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











