Kathmandu Press

चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौ : डा. भट्टराई

काठमाडौं, माघ ११ : पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावमा जाँदा बिपी कोइरालाले खाएको धोका नबिर्सिन आग्रह गरेका छन्।प्रधानमन्त्री केपी...
चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौ : डा. भट्टराई

काठमाडौं, माघ ११ : पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावमा जाँदा बिपी कोइरालाले खाएको धोका नबिर्सिन आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन्। डा. भट्टराईले भनेका छन्, 'ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।'

उनले संसद् पुनःस्थापना गरेर मात्रै समस्या समाधान हुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै डा. भट्टराईले भनेका छन्, 'पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।'

अहिलेजस्तै २०१४ सालमा राजा महेन्द्रले भनेअनुसार चुनावमा जाँदा बिपीलाई धोका भएको स्मरण गराएका छन्। '२०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं,' डा. भट्टाईले भनेका छन्, '२०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं।'

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गराएपछि जसपा बिरोधमा उत्रिएको छ। जसपाले तेस्रो चरणको आन्दोलनको तयारीमा छ।

प्रकाशित मिति: ११:३९ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्