भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी एक दिनको लागि मुख्यमन्त्री बन्दै
काठमाडौं, माघ ११ : भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरीलाई एकदिनको लागि मुख्यमन्त्री बनाइदै छ। हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै...
काठमाडौं, माघ ११ : भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरीलाई एकदिनको लागि मुख्यमन्त्री बनाइदै छ। हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनका लागि मुख्यमन्त्री बनाउन लागेको हो।
उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार उनलाई २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा एक दिनको लागि मुख्यमन्त्री बनाउन लागिएको हो।
उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछन् । तथापि यो प्रतीकात्मक हुनेछ र उनले बाल सभाको कार्यक्रममा मुख्यमन्त्रीको रूपमा सरकारका विभिन्न विभागको कामका बारे जानकारी लिने छिन्। यस समयमा विभागीय अधिकारीहरूले आफ्नो काम प्रस्तुत गर्नेछन् र त्यसमा सृष्टिले मुख्यमन्त्रीको हैसियतमा सुझाव दिनेछिन्।
कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित हुनेछन्। कार्यक्रम उत्तराखण्ड विधान भवनको एक प्रेक्षालयमा आइतबार दिउँसो १२ देखि अपराह्न ३ बजेसम्म आयोजना गरिएको छ। आयोगकी अध्यक्ष नेगीका अनुसार उत्तराखण्ड सरकारले सृष्टिलाई महिला सशक्तिकरणको बारेमा सचेतना फैलाउने उद्देश्यले एकदिनका लागि मुख्यमन्त्री बनाउन लागेको हो।











