Kathmandu Press

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

चितवन, माघ ११ : चितवन रहेका तीन सय ४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको...
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

चितवन, माघ ११ : चितवन रहेका तीन सय ४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।

स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो। एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बिमा गरिएको हो।

फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन्। स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन्।

सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए। बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको सापकोटाले बताए।

जिल्लामा अहिले एक हजार नौ सय २६ सङ्क्रमित छन्। उनीहरुमध्ये एक सय ४७ बालबालिका छन्।

फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, चार सय ७१ महिला र चार सय ५१ पुरुषसहित नौ सय ६७ रहेका छन्। सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एआईभी सङ्क्रमण भेटिएको छ। थपिएका व्यक्तिमध्ये चार जना बालबालिका रहेका छन् ।

आठ हजार सात सय ६२ जनाको परीक्षणका क्रममा यो सङ्ख्यामा सङ्क्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले बताए। बसौलाका अनुसार सन् २०२० मा सङ्क्रमितमध्ये १५ को मृत्यु भएको छ।

मृत्यु हुनेमा एक कोरोना सङ्क्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन्। (रासस)

प्रकाशित मिति: १०:३७ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्