Kathmandu Press

बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

वीरगन्ज, माघ ११ : वीरगन्जमा एक जना बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका १ छपकैयामा ११ वर्षीया बालिकालाई बलात्कार...
बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

वीरगन्ज, माघ ११ : वीरगन्जमा एक जना बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका १ छपकैयामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमाप भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

उनीविरुद्ध आज नै जिल्ला अदालतबाट म्याद थप गरि हिरासनमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले बताए। बालिका चिच्याएपछि परिवारजनले थाहा पाएका थिए।

बालिकाको स्वास्थ्य जाँच गराउँदा बलात्कार गरेको चिकित्सकले बताएको प्रहरीले जनाएको छ। बालिकको अवस्था सामान्य रहेको डिएसपी कुँवरले बताए।

नेहाललाई हिरासनमा लिएर थप अनुसन्धान भइरहेको छ। उनी कोठा खोज्ने बहानमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२५ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्