Kathmandu Press

नेकपा (प्रचण्ड-नेपाल समूह) को स्थायी कमिटी बैठक आज

काठमाडौं, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।मध्यान्ह साढे १२ बजे पार्टी...
नेकपा (प्रचण्ड-नेपाल समूह) को स्थायी कमिटी बैठक आज

काठमाडौं, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएपछि प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: ०७:५६ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्