काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंमा १, भक्तपुर १ र ललितपुरमा २ जनाको मृत्यु भएको हो ।काठमाडौं...
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंमा १, भक्तपुर १ र ललितपुरमा २ जनाको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा भे१ प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा २२ वर्षीय चालक साहिल बम खत्रीको मृत्यु भएको छ ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीमा बा६५प ४६१० नम्बरको स्कुटर शुक्रबार राति दुर्घटना हुँदा २१ वर्षीय राजकुमार शिवाकोटीको मृत्यु भएको छ ।
ललितपुर गोदावरी नगरपालिका–६ स्थित सडकमा प्र३–०१–००३ क ५३२१ नम्बरको लोडर अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर गए राति दुर्घटना हुँदा चालक ३० वर्षीय विकाश दर्नाल र सहचालक सिन्धुपाल्चोक घर भएका २३ वर्षीय राज कार्कीको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:४५ बजे, शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











