Kathmandu Press

बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

३५ वर्षीया श्रीमती दिलमाया राईलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिकबहादुर राई शुक्रबार दिउँसो पक्राउ परेका छन् ।
बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

मोरङ– श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती दिलमाया राईलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिकबहादुर राई शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
    

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, माघ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्