Kathmandu Press

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : महामन्त्री कोइराला

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : महामन्त्री कोइराला

महेन्द्रनगर, माघ १० : कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।

शनिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले कम्युनिस्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो।

Hardik ivf

संसद् पुनःस्थापनामै जोड दिनुपर्ने उनले बताए। 'हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो,' कोइरालाले भने, 'पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो।'

त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली संकलन गर्न कोरोनाका कारण ढिलाइ भएको उनले बताए। अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा काम नहुन नसकेको उनको भनाइ थियो।

'जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन,' उनले भने, 'समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।'

मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर पुगेको हो। (रासस)

प्रकाशित मिति: ११:५२ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्