Kathmandu Press

संसद् विघटनविरुद्ध डा. केसी पनि प्रदर्शनमा

संसद् विघटनविरुद्ध डा. केसी पनि प्रदर्शनमा

काठमाडौं, माघ १० : संसद् विघटनविरुद्ध डा.गोविन्द केसी पनि सडकमा आउने भएका छन्। आज दिउसो हुने प्रदर्शनमा डा.केसी पनि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। यसको विरोधमा सबै राजनीतिक दल र नागरिक समाज आन्दोलनमा छ।

आज पनि मध्याह्न १२ बजे माइतीघर मण्डलमा प्रदर्शन हुन लागेको छ। प्रदर्शनमा डा.केसी पनि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आउन डा.केसीले सबैलाई आह्वान गरेका छन्। उनी गत साता पनि प्रदर्शनमा सहभागी भएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार नेकपाको प्रचण्ड नेपाल समूहले पनि काठमाडौंमा प्रदर्शन गरेको थियो। यसअघि बिहीबार कांग्रेसले देशका सबै वडामा प्रदर्शन गरेको थियो। जसपाले पनि देशव्यापी रुपमा प्रदर्शन गर्दै आइरहेको छ।

प्रकाशित मिति: १०:५१ बजे, शनिबार, माघ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्