Kathmandu Press

सिराहाको जिबाखोला पुलमा प्रेसरकुकर बम

सिराहा, माघ १० : सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम भेटिएको छ।आज बिहान जिबाखोला पुलमा प्रेसरकुकर बम भेटिएपछि प्रहरी परिचालन गरिएको...
सिराहाको जिबाखोला पुलमा प्रेसरकुकर बम

सिराहा, माघ १० : सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम भेटिएको छ।

आज बिहान जिबाखोला पुलमा प्रेसरकुकर बम भेटिएपछि प्रहरी परिचालन गरिएको छ। यातायात रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बम डिस्पोजलका लागि चोहर्वास्थित सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बम कसले राखेको भन्ने खुलेको छैन। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सालिग्राम शर्माले बताए।

 

प्रकाशित मिति: १०:०८ बजे, शनिबार, माघ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्