Kathmandu Press

पश्चिमी वायुको प्रभाव, हिमपात र वर्षाको सम्भावना

काठमाडौं, माघ १० : आज पनि पश्चिमी वायुको प्रभावले मौसम सामान्य बदली भइ उच्च हिमाली भेगमा हिमपात तथा तराई मधेशमा हुस्सु र कुहिरो...
पश्चिमी वायुको प्रभाव, हिमपात र वर्षाको सम्भावना

काठमाडौं, माघ १० : आज पनि पश्चिमी वायुको प्रभावले मौसम सामान्य बदली भइ उच्च हिमाली भेगमा हिमपात तथा तराई मधेशमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर मौसम सामान्य बदली हुनेछ। आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ।

आज दिउसो र राति पनि सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा सामान्य बदली भइ केही ठाउँमा सामान्य हिमपात र वर्षा हुने महाशाखाले नजाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै, भोलि पहाडी भूभागमा सामान्य बदली हुने भएको छ। जसले गर्दा प्रदेश १ र सुदूरपश्चिममा सामान्य वर्षा हुने जनाएको छ। दिउसो र राति पनि प्रदेश १ का केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, सोमबार प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली हुने र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। राति पनि सामान्य बदली हुने जनाएको छ।

तराई मधेशमा भने अझै केही दिन हुस्सु र कुहिरो लाग्ने जनाएको छ। चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: ०९:५३ बजे, शनिबार, माघ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्