मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु
नवलपरासी, माघ १० : नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई...
नवलपरासी, माघ १० : नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
प्रकाशित मिति: ०९:४० बजे, शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











