टप टेन इन्स्टा सुन्दरी : नेपाली सनी लियोनदेखि राष्ट्रिय भाउजुसम्म
काठमाडौं, माघ १०-
इन्स्टाग्राम अर्थात् इन्स्ट्यान्ट। अन्य देशमा झैँ नेपालमा पनि सेलेब्रिटीहरू आफ्ना सुन्दर, रोमाञ्चक र यादगार क्षण फ्यानहरूसँग इन्स....

काठमाडौं, माघ १०-
इन्स्टाग्राम अर्थात् इन्स्ट्यान्ट। अन्य देशमा झैँ नेपालमा पनि सेलेब्रिटीहरू आफ्ना सुन्दर, रोमाञ्चक र यादगार क्षण फ्यानहरूसँग इन्स्ट्यान्ट्ली बाँडिरहेका हुन्छन्, इन्स्टाग्राममार्फत्।
ब्रेकफास्ट होस् वा डिनर, फोटोसुट होस् वा फिल्म सेट, सेलेब्रिटीहरू हरदिन, हरपल इन्स्टाग्राममै हुन्छन्। नेपालमा खासगरी अभिनेत्रीहरू इन्स्टाग्राममा लोकप्रिय छन्। केही अभिनेत्रीहरू फिल्म खेल्न थालेको वर्षौं बित्दा पनि इन्स्टाग्राममा खासै लोकप्रिय हुन सकेका छैनन्, तर कोहीचाहिँ पहिलो फिल्म सार्वजनिक हुनुअघि नै 'हटकेक' बनिसकेका छन्।
नेपालमा कुन अभिनेत्रीको कति फलोअर्स छन् र कसले कस्तो फोटो सार्वजनिक गरिरहेका हुन्छन्? प्रस्तुत छ, सबैभन्दा बढी फलोअर्स हुने १० नेपाली अभिनेत्रीहरूको सूचिः
१. प्रियंका कार्की
फिल्म जगतमा मात्र होइन, इन्स्टाग्राममा पनि प्रियंका कार्की नम्बर १ नेपाली अभिनेत्री हुन्। उनी फियोन्से आयुष्मान देशराजसँगका अन्तरंग फोटोहरू सार्वजनिक गरिरहन्छिन्। केही समयअघिमात्रै उनको एक फोटो निकै चर्चित भएको थियो, जहाँ लुम्बिनी रिसोर्टमा बिकिनी लगाएर आयुष्मानसँग आलिङ्गनबद्ध थिइन् ।
हुनेवाली सासु बैंकर रबिना देशराजसँग बिकिनी लगाएर खिचेको बोल्ड फोटोले पनि निकै चर्चा कमाएको थियो । सन् २०१२ मा इन्स्टाग्राममा प्रवेश गरेकी प्रियंकालाई अहिले ७ लाख इन्स्टा युजर्सले फलो गरिसकेका छन् । उनको अहिलेसम्मकै सबैभन्दा लोकप्रिय इन्स्टा पोस्ट हो, आफ्नै इंगेजमेन्टको छोटो भिडियो ।
२.अदिती बुढाथोकी
कतिले अदितीलाई नेपाली सनी लियोन भन्छन्, तर उनलाई यो उपनाम मन पर्दैन । अनमोल केसीसँगको ‘कृ’ बाट हालै नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अदिती मोडल र फेसन ब्लगर पनि हुन् । उनलाई ६ लाख ६ हजारले इन्स्टाग्राममा फलो गरेका छन् । समुद्र तट र स्वीमिङ पुलमा बिकिनी लगाएर खिचेका फोटोहरू अपलोड गरिरहने अदितीको फिगरले सारा दुनियाँलाई मोहित पारेको छ । २०१२ मा इन्स्टाग्राम अकाउन्ट बनाएकी उनी प्रायः हरेक दुईमा एक दिन केही न केही पोस्ट गरिरहेकै हुन्छिन् ।
३.स्वस्तिमा खड्का
उनी हुन्, राष्ट्रिय भाउजु ! नेपालका सर्वाधिक सफल निर्देशकमध्येका एक निश्चल बस्नेतसँग विवाह गरेकीले उनलाई धेरैले राष्ट्रिय भाउजु भन्छन् । तर, विवाह गरे पनि स्वस्तिमाको लोकप्रियता घटेको छैन । बुलबुलकी चुल्बुले स्वस्तिमा कहिले क्युट त कहिले ग्ल्यामर फोटो अपलोड गरिरहन्छिन् । सन् २०१५ मा मात्रै इन्स्टाग्राम अकाउन्ट बनाएकी उनले लगभग ३ वर्षभित्रै ४ लाख ७८ हजार फलोअर्स आर्जन गरेकी छन् ।
४. सृष्टि श्रेष्ठ
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले २०१८ को अन्तिम पोस्टको रुपमा एक फोटो शेयर गरिन्, जहाँ उनी अभिनेता सौगात मल्ललाई चुम्बन गरिरहेकी थिइन् । यो फोटोले सृष्टि र सौगात प्रेमी–प्रेमिका भएको हल्लाको आगोमा झन् घ्यू थपेको छ । सृष्टिको सादगी सुन्दरतालाई ४ लाख २७ हजार इन्स्टा यूजर्सले फलो गरेका छन् । अरु अभिनेत्री जस्तै इन्स्टामा निकै सक्रिय रहने उनी सन् २०१२ मा यो सञ्जालमा प्रवेश गरेकी हुन्।
५. नम्रता श्रेष्ठ
एउटा गल्तीले जिन्दगी बर्बाद हुँदैन भन्ने कुराको उदाहरण हुन्, नम्रता । विगतको कालोलाई उनले आफ्नो जिन्दगीको रङ बन्न दिएकी छैनन् । इन्स्टामा उनलाई अहिले ४ लाख ३२ हजारले पछ्याइरहेका छन् । उनी परिवार र साथीसँग बिताएका पलहरू पनि इन्स्टामा अपलोड गरिरहेका हुन्छन् । उनी पनि सन् २०१२ मै इन्स्टाग्राम छिरेकी हुन् ।
६. साम्राज्ञी आर एल शाह
कुनै समय सर्वाधिक पारिश्रमिक लिने नायिका साम्राज्ञी इन्स्टाग्राममा निकै सक्रिय छन् । उनलाई ३ लाख ९७ हजारले इन्स्टामा पछ्याइरहेका छन् । २०१४ मे २६ देखि आजसम्म उनले हरेक दिन शुटिङ, चलचित्र प्रवद्र्धन र साथीसँग क्लबिङ गरेको फोटो र सेल्फीहरु अपलोड गरेर आप्ना फ्यानहरूलाई रोमाञ्चित गर्दै आएकी छन् ।
७. केकी अधिकारी
केकी प्रायः व्यक्तिगत फोटोहरू शेयर गर्दिनन् । इन्स्टाबाट केकीलाई चिहाउँदा उनी प्रायः व्यवसायिक जीवनमै व्यस्त रहेको देखिन्छन् । तैपनि, उनले ३ लाख ३५ हजार फलोअर्स आर्जन गरिसकेकी छिन्, विगत पाँच वर्षको अवधिमा । उनी २०१३ मा इन्स्टाग्राम प्रवेश गरेकी हुन् ।
८. बर्षा राउत
बब्ली बर्षा पनि इन्स्टाग्राममा उत्तिकै सत्रिय छिन् । उनी इन्स्टामार्पmत् क्याजुअल फोटोहरु शेयर गरिरहेकी हुन्छिन् । प्रेमी सञ्जोग कोइरालासँगका फोटोहरू पनि शेयर गरिहेकी हुन्छिन् । उनले आफनो विहेको घोषणा पनि यहि सजांलबाट गरेकी थिइन । सन् २०१३ मा इन्स्टा छिरेकी उनको फलोअर्स संख्या अहिले २ लाख ८३ हजार पुगिसकेको छ ।
९. मलिना जोशी
यात्रा गर्दा होस् वा वर्क आउट, मलिना इन्स्टामा फोटो अपलोड गरिरहेकै हुन्छिन् । मनै लोभ्याउने नृत्यको भिडियो पनि अपलोड गरिरहने उनको फलोअर्स संख्या २ लाख ३८ हजार पुगेको छ । उनी सन् २०१२ डिसेम्बरमा इन्स्टा छिरेकी हुन् ।
१०. पारामिता राणा
१ लाख ८३ हजार फलोअर्स भएकीे पारामिताले १७ बर्षकै उमेरमा मोडलिङ सुरु गरेकी हुन् । धेरै जसो क्लबिङ र मस्ती गर्दै गरेको फोटोहरु शेयर गर्ने उनले केही अन्तर्राष्ट्रिय डिजाइनर्सका लागि पनि र्याम्प वाक गरिसकेकी छिन् । र उनी विगत ६ वर्ष यानकी सन् २०१२ देखि इन्स्टाग्राम प्रयोगकर्ताहरु सग जोडिएकी हुन् ।











