Kathmandu Press

कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउने सरकारको तयार   

काठमाडौं– नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ । सरकारले पहिलो चरणमा कोरोना संक्रमण...
कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउने सरकारको तयार   
Hardik ivf

काठमाडौं– नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ । सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्नेलाई  खोप लगाउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । खोपका  लागि समूह तयार पारिसकेको उनले बताए ।
     
उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेका छौँ ।

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन उनले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्