Kathmandu Press

ट्रम्पविरुद्धको महाभियोगमो सुनुवाइ फेब्रुअरीसम्म स्थन गर्न आग्रह

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् ।
ट्रम्पविरुद्धको महाभियोगमो सुनुवाइ फेब्रुअरीसम्म स्थन गर्न आग्रह

वासिङट्न– अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् ।  महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकिलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् ।
     
रिपब्लिकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले अघिल्लो पटकको महाभियोगकै हाराहारीमा ट्रम्पलाई समय चाहिने बताएका थिए ।
     
कन्फरेन्स कलमा सहभागी सिनेट सदस्य माइक ब्राउनले ट्रम्पविरुद्धको महाभियोग सुनुवाइका लागि आगामी फेब्रुअरीको १० वा ११ मा गर्न सकिने सुझाव दिएका थिए । म्याक्कोनेलले फेब्रुअरीको मध्यसम्म महाभियोगमाथिको सुनुवाइ ढिलाइ गर्नेबारेमा डेमोक्रेट पार्टीबाट कुनै जानकारी प्राप्त नभएको बताए । 
     
 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्