Kathmandu Press

प्रधानमन्त्रीमाथि नेपालको आरोप– संवैधानिक ‘कू’ गरेर तानासाह बन्न खोजे

प्रधानमन्त्रीमाथि नेपालको आरोप– संवैधानिक ‘कू’ गरेर तानासाह बन्न खोजे

काठमाडौं– संवैधानिक ‘कू’ गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानासाह बन्न खोजेको आरोप लगाइएको छ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले  संवैधानिक ‘कू’ गरेर प्रधानमन्त्री तानासाह बन्न खोजेको आरोप लगाएका हुन् ।

नेपालले नेकपाद्वारा भृकुटीमण्डपमा आयोजित विरोध सभामा  प्रम ओलीको चरित्रको टिप्पणी गर्दै भने, ‘संसारमा निर्वाचित प्रधानमन्त्री पनि तानासाह हुँदो रहेछ ।’

नेपालले प्रतिनिधिसभा विघटन गर्दा  संविधानको धारासमेत उल्लेख नभएको पोल अदालतबाट खुलेको बताए । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधिसभा विघटन गरेको तर्कको  नेपालले खण्डन गरे । उनले भने, ‘उहाँले कुन अन्तर्राष्ट्रिय अभ्यास हेर्नुभयो ? ब्रिटेनमा पाँच वर्षसम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन । श्रीलंकामा मनपरी ढंगले संसद् विघटन गर्न पाइँदैन ।’

संविधानसभामा व्यापक छलफल भएर प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिने गरी संविधान निर्माण भएको नेपालको दाबी छ । 

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्