डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने वाइडेनको निर्णय
राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
जेनेभा– अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्न्धबलाई निरन्तरता दिने निर्णय गरेका छन् । राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै उनले डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।
प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











