घरेलु मैदानमा लिभरपुल बर्नलीसँग पराजित
काठमाडौं, माघ ९ : इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग लिभरपुल हारेको छ । गएराति लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा बर्नलीले १-० गोल अन्तरले हराएको हो...
काठमाडौं, माघ ९ : इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग लिभरपुल हारेको छ । गएराति लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा बर्नलीले १-० गोल अन्तरले हराएको हो ।
बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । यो हारपछि लिभरपुल शिर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडी परेको छ।
लिभरपुलको १९ खेलमा ३४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै बर्नलीको भने १८ खेलमा १९ अंक रहेको छ भने लिगमा १६औ स्थानमा रहेको छ।
प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











