बिलबिनाका १४० थान मोबाइल बरामद

बारा– जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित तिनकुने चोकबाट करिब ५ लाख १६ हजार रुपैयाँ बराबरको १ सय ४० थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना६ख ७३९५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको बिनाबिलका मोबाइल प्रहरीले बरामद गरेको हो ।
प्रकाशित मिति: १८:५७ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












