Kathmandu Press

भारतीय प्रधानमन्त्री  दोस्रो चरणमा कोभिड–१९ विरुद्धकाे खाेप लगाउने तयारीमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।
भारतीय प्रधानमन्त्री  दोस्रो चरणमा कोभिड–१९ विरुद्धकाे खाेप लगाउने तयारीमा

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो, जसमा करिब ३ करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदै छ ।     

आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई पनि खोप दिने तयारी गरिएको छ ।     

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, माघ ८, २०७७