Kathmandu Press

राधिका थापा बनिन् वारफेयर तालिम सम्पन्न गर्ने पहिलो महिला  

काठमाडौं– राधिका थापा  प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला बनेकी छिन् ।  नेपाली सेनाकाे वार फेयर शिक्षालयमा २०७७ कात्तिक  १८ गतेदेखि...
राधिका थापा बनिन् वारफेयर तालिम सम्पन्न गर्ने पहिलो महिला  

काठमाडौं– राधिका थापा  प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला बनेकी छिन् ।  नेपाली सेनाकाे वार फेयर शिक्षालयमा २०७७ कात्तिक  १८ गतेदेखि  माघ ६ गतेसम्म सञ्चालित  तालिम सम्पन्न गरेर थापा वार फेयर तालिम सम्पन्न गर्ने पहिलो महिला बनेकी हुन् ।

नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी   छन् ।'

तीन महिनासम्म चल्ने अत्यन्तै कठिन तालिमका रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, सर्पदंश व्यवस्थापनलगायत  सैनिक ज्ञानसीपहरु सिकाइन्छ । 

थापा सिन्धुपाल्चोकको  मेलम्ची नपा–२ थापाटोल निवासी हुन् । उनी २०६९ असार  १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।

 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्