Kathmandu Press

संवैधानिक इजलासद्वारा संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग

काठमाडौं, माघ ८ : सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन सम्बन्धी विषय राजपत्रमा प्रकाशित सूचना माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री...
संवैधानिक इजलासद्वारा संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग

काठमाडौं, माघ ८ : सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन सम्बन्धी विषय राजपत्रमा प्रकाशित सूचना माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित भएको सूचना माग गरेका हुन्।

रिट निवेदकका तर्फबाट कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटन गरिएको सूचना राजत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताएका थिए। साथै, अधिवक्ता टीकाराम भट्टराईले पनि राजपत्रमा प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित नभएको बताए।

राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै सूचना प्रकाशित भएकोले प्रतिनिधिसभा विघटन अनधिकृत भएको उनीहरूको तर्क थियो।

विभिन्नअधिवक्ताहरुबाट पटक पटक उक्त कुरा उठेपछि इजलासले राजपत्र छ कि छैन ? भनेर सरकारी पक्षलाई सोधेको थियो।

तर, सरकारी कदमको रक्षा गर्न उपस्थित महान्यायाधिवक्ता कार्यालयका अधिकारीले भने जवाफ दिन सकेनन्।

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्