Kathmandu Press

संसद विघटनविरुद्ध बेलुन उडाएर विरोध प्रदर्शन

काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकटका राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ। संसद विघटनविरुद्ध केन्द्रीय...
संसद विघटनविरुद्ध बेलुन उडाएर विरोध प्रदर्शन

काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकटका राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ। संसद विघटनविरुद्ध केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले कालो बेलुन उडाएर विरोध जनाएको हो। 

संसद् पुनर्स्थापनाको माग गर्दै युवा संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ। बुधबार पनि काठमाडौंको भृकुटीमण्डपबाट विरोधस्वरुप मोटरसाइकल र्‍याली निकालिइएको थियो।

साथै, दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार राजधानीको विभिन्न नौ ठाउँबाट शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्