Kathmandu Press

कोरोना खोप लिएर एयर इन्डियाको जहाज काठमाडौंमा

काठमाडौं, माघ ८ : कोरोना भाइरसविरुद्धको खोप लिएर एयर इन्डियाको जहाज काठमाडौं पुगेको छ।भारतले अनुदमान दिएको कोरोना खोप बोकेर एयर इन्डियाको जहाज त्रिभुनव...
कोरोना खोप लिएर एयर इन्डियाको जहाज काठमाडौंमा
नेपालका लागि उड्नु अघि नयाँ दिल्लीमा काेराेना खाेप जहाजमा राखिँदै।

काठमाडौं, माघ ८ : कोरोना भाइरसविरुद्धको खोप लिएर एयर इन्डियाको जहाज काठमाडौं पुगेको छ।

भारतले अनुदमान दिएको कोरोना खोप बोकेर एयर इन्डियाको जहाज त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

भारतले नेपाललाई अनुदानमा १० लाख खोप दिँदै छ। केहीबेरमा भारतीय दूतावासले त्रिभुवन विमानस्थलमा खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने भएका छन्।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको हो। तिनै खोप भारतले नेपाललाई दिन लागेको हो।

बुधबार खोप दिने घोषणा गरेको थियो। भारतले दिन १० लाख खोप करिब चार लाखलाई लगाइनेछ।

अबको १० देखि १५ दिनभित्र खोप लगाइनेछ। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्तालाई लगाइनेछ।

प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्