Kathmandu Press

उच्च हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, माघ ८ : आज देशभरका मौसम आंशिक रुपमा बदली हुने भएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात तथा तराइमा हुस्सु र कुहिरो लाग्ने...
उच्च हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, माघ ८ : आज देशभरका मौसम आंशिक रुपमा बदली हुने भएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात तथा तराइमा हुस्सु र कुहिरो लाग्ने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभावले पूर्वि र मध्य भागमा मौसम बदली हुने भएको छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

उच्च हिमाली भूभागमा हिमपात हुने जनाएको छ। देशका विभिन्न भागमा बादल लाग्ने भएकाले दिउसो तापक्रम कम हुने र चिसो महसुस हुने महाशाखाले जनाएको छ।

तराईमा भने आज दिउसो पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने भएको छ। चिसो अत्यधिक बढ्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार पूर्वि तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा हुस्सु र कुहिरो लाग्नेछ।

त्यस्तै, पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा पनि हुस्सु र कुहिरो लाग्ने भएको छ। यसले चिसो बढ्ने महाशाखाले जनाएको छ।

भोलि पनि देशभरका मौसम आंशिक रुपमा बदली हुने भएको छ। त्यस्तै, शनिबार पनि पहाडी र उच्च भूभागमा आंशिक दली हुने र बाँकी भूभागमा मौसम सामान्य रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्