Kathmandu Press

४६‍ औँ राष्ट्रपतिका रूपमा बाइडनको सपथ ग्रहण, ट्रम्पका केहि नीति उल्टाए

काठमाडौं, माघ ८ : जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका...
४६‍ औँ राष्ट्रपतिका रूपमा बाइडनको सपथ ग्रहण, ट्रम्पका केहि नीति उल्टाए

काठमाडौं, माघ ८ : जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।

Hardik ivf

सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, यो प्रजातन्त्रको दिन हो। नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए। उनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका छन्।

विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद उनले आफ्ना मुख्य चुनौती मानेका छन्। कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ। उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

प्रकाशित मिति: ०६:५६ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्