कोरोनाका कारण जिम्बाब्बेका विदेशमन्त्रीको निधन
जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरस संक्रमित भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।
हरारे– जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरस संक्रमित भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।
जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोना भाइरसको महामारी फैलिन सुरु भएको हो ।
प्रकाशित मिति: १८:५४ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












