कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं, माघ ७ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणको कारण...
काठमाडौं, माघ ७ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको हो।
योसहित नेपालका कोरोना संक्रमणकाे कारण मृत्यु हुनेकाे संख्या १९ सय ७५ पुगेको छ।
त्यस्तै, बुधबार देशभर थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ।
गत २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
प्रकाशित मिति: १६:४७ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











