दलहरुको गतिविधिले अदालत प्रभावित हुँदैन : प्रधानन्यायाधीश
प्रधानमन्त्रीको अभिव्यक्ति र गतिविधिबाट सर्वोच्च प्रभावित भइरहेको भन्ने रिट निवेदक कञ्चनकृष्ण न्यौपानेको तर्कको खण्डन गर्दै जबराले दलहरुका गतिविधिबाट सर्वोच्च प्रभावित नहुने बताएका हुन् ।
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न राजनीतिक दलले गरेको विरोध प्रदर्शन र प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट सर्वोच्च अदालत प्रभावित नहुने बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति र गतिविधिबाट सर्वोच्च प्रभावित भइरहेको भन्ने रिट निवेदक कञ्चनकृष्ण न्यौपानेको तर्कको खण्डन गर्दै जबराले दलहरुका गतिविधिबाट सर्वोच्च प्रभावित नहुने बताएका हुन् ।
बहसका क्रममा न्यौपानेले प्रधानमन्त्रीले सार्वजनिक रुपमै प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भनेर हिँडेकाले अदालत प्रभावित हुने तर्क गरे । उनले भने, ‘उहाँले सर्वोच्चको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ ।’
प्रधानन्यायाधीश जबराले न्यौपानेलाई रोक्दै भने, ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











