महिलालाई सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउने एक युवा पक्राउ
सामाजिक सञ्जालमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाउने एक जना पक्राउ परेका छन् ।
काठमाडौं– सामाजिक सञ्जालमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाउने एक जना पक्राउ परेका छन् ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा ३६ वर्षीय रवि शाहीलाई पक्राउ गरेको हो ।
साइबर ब्युरोको प्रेस विज्ञप्तिमा वद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेकाले सल्यानका ३६ वर्षीय रवि शाही पक्राउ परेको उल्लेख छ ।
प्रकाशित मिति: १५:३९ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











