Kathmandu Press

प्रदेश १ को हिउँदे अधिवेशनको बैठक तीन मिनेट बसेर स्थगित

काठमाडौं, माघ ७ : प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्ष र...
प्रदेश १ को हिउँदे अधिवेशनको बैठक तीन मिनेट बसेर स्थगित

काठमाडौं, माघ ७ : प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्ष र प्रचण्ड नेपाल पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो।

त्यसैले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढे लगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका हुन्।

हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा रहेको छ।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्