Kathmandu Press

सबै जिल्ला सदरमुकाममा जसपाको प्रदर्शन

काठमाडौं, माघ ७ : संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आज देशभरका सबै जिल्ला सदरमुकाममा प्रदर्शन गरिरहेको छ।संसद् विघटनविरुद्ध जसपा दोस्रो...
सबै जिल्ला सदरमुकाममा जसपाको प्रदर्शन

काठमाडौं, माघ ७ : संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आज देशभरका सबै जिल्ला सदरमुकाममा प्रदर्शन गरिरहेको छ।

संसद् विघटनविरुद्ध जसपा दोस्रो चरणको आन्दोलनमा छ। आज दोस्रो चरणको आन्दोलनको अन्तिम दिन सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्न थालेको हो।

देशका प्रमुख शहर र सदरमुकाममा प्रदर्शन भइरहेको जसपाले जनाएको छ। आजको प्रदर्शनका लागि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले सम्बोधन गर्दैछन्।

त्यस्तै, डा.बाबुराम भट्टराई कैलाीमा सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरि शरदसिंह भण्डारी मोरङ पुगेका छन् भने ललितपुरमा केशव झा र काठमाडौंमा हिसिला यमीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जसपाले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो। लगत्तै तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने जसपाले जनाएको छ।

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्