तीन महिनापछि ज्याक मा काे एक भिडियाे सार्वजनिक
काठमाडौं, माघ ७ : अलिबाबा कम्पनीका संस्थापक ज्याक मा तीन महिनापछि सार्वजनिक भएका छन्। सन् २०२० को नोभेम्बरपछि उनी हराएको आशंका गरिएको थियो। उनी...
काठमाडौं, माघ ७ : अलिबाबा कम्पनीका संस्थापक ज्याक मा तीन महिनापछि सार्वजनिक भएका छन्। सन् २०२० को नोभेम्बरपछि उनी हराएको आशंका गरिएको थियो।
उनी सार्वजनिक रुपमा कतै देखिएका थिएनन् र कहाँ छन् ? भन्ने बारे कसैलाई थाहा थिएन्।
आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि उनले भिडियो लिंकको माध्यामबाट ग्रामीण इलाकाका स्कुलमा काम गरिरहेका शिक्षकसँग कुराकानी गरेका थिए। अलिबाबा कम्पनी सुरु गर्नुभन्दा पहिला ज्याक मा आँफै अंग्रेजी भाषाका शिक्षक थिए ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको छ। ग्लोबल टाइम्सका अनुसार वित्तिय नियामकले अलिबाबा कम्पनीबारे अनुसन्धान सुरु गरेपछि पहिलोपटक ज्याकमा मिडियामा सार्वजनिक भएका हुन्। सीएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि हङकङ स्टक एक्सचेन्जमा उनको कम्पनीको स्टक मूल्यमा पाँच प्रतिशतले वृद्धि भएको छ।
ब्लुमवर्गका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपनि उनी अहिले कहाँ छन् भनेर केही पत्ता लाग्न सकेको छैन।
Jack Ma Yun, the English teacher turned entrepreneur and former executive chairman of #Alibaba, showed up at a rural teacher-themed social welfare event via video link on Wed, his first public appearance since Alibaba came under tougher regulatory scrutiny.https://t.co/VXywPHEeyvpic.twitter.com/DKCXhASIhu
— Global Times (@globaltimesnews) January 20, 2021











