Kathmandu Press

होटलमा परीक्षा सञ्चालन गर्ने तीन शिक्षक पक्राउ

परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको अभियोगमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
होटलमा परीक्षा सञ्चालन गर्ने तीन शिक्षक पक्राउ

कास्की– परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको अभियोगमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका–१ बाघबजार बस्ने सो विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका–११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् । 

Hardik ivf

शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित ररूपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुउपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्