Kathmandu Press

झापाको कपास उद्योगमा आगलागी

झापा, माघ ७ : झापाको भद्रपुर–५ झापाचोकस्थित कपास उद्योगमा आगलागी भएको छ। आगलागीमा १२ लाख बराबरको क्षति भएको छ।झापाचोकका रामचन्द्र सहनीले सञ्चालन गरेको...
झापाको कपास उद्योगमा आगलागी

झापा, माघ ७ : झापाको भद्रपुर–५ झापाचोकस्थित कपास उद्योगमा आगलागी भएको छ। आगलागीमा १२ लाख बराबरको क्षति भएको छ।

झापाचोकका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। मंगलबार साँझ कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको जनाएको छ।

आगलागीबाट एउटा कपास पेल्ने मेसिन र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो।

प्रकाशित मिति: १०:११ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्