Kathmandu Press

सम्पादकहरुसँग अध्यक्षद्वय प्रचण्ड-नेपाल छलफलमा

काठमाडौं, माघ ७ : नेकपा (प्रचण्ड नेपाल) समूहले आज सम्पादकहरुसँग छलफल गरेको छ। दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छलफल चलिरहेको छ।अहिलेको समसामयिक राजनीतिक...
सम्पादकहरुसँग अध्यक्षद्वय प्रचण्ड-नेपाल छलफलमा

काठमाडौं, माघ ७ : नेकपा (प्रचण्ड-नेपाल) समूहले आज सम्पादकहरुसँग छलफल आयाेजना गरेको छ। दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छलफल चलिरहेको छ।

अहिलेको समसामयिक राजनीतिक परिस्थितिबारे नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छलफल गरिरहेका छन्। छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई र जनार्दन शर्मा पनि सहभागी छन्।

उनीहरुले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिबारे सम्पादकहरुसँग छलफल थालेका हुन्। आगामी कदमबारे सम्पादकहरुसँग राय सुझाब लिने जनाएको छ। छलफलमा काठमाडौं उपलब्ध प्रायः सबै सम्पादक सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ। अहिले दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब तेस्रो चरणको आन्दोलनको तयारी गर्दैछ।

संसद् विघटनविरुद्ध सर्वोच्चमा पनि मुद्दा विचाराधीन छ। विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदै छ।

प्रकाशित मिति: १०:०० बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्